Activity Report

Balen
Balen
@balenshah
Followers: 683,129Posts: 821Following: 0
Structural Engineer Mayor, Kathmandu Metropolitan Contact Us : +977 9851279900 balen4mayor@gmail.com
View all posts from @balenshah
:)
557 42066
कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई हामीले तेस्रो वर्ष पनि निरन्तरता दिएका छौँ। यस अभ्यास सुरु गरिएको पहिलो वर्ष कक्षा ११ मा करिब २४०० परीक्षार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउनु भएको थियो भने दोस्रो वर्ष ११,२८१ परीक्षार्थीले आवेदन दिएकोमा करिब ४००० ले विभिन्न संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्दै आउनु भएको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न विद्यार्थी छनोटका लागि सञ्चालन हुने परीक्षाका लागि मिति २०८१ साल चैत्रमा सञ्चालित SEE परीक्षामा सहभागी भई ग्रेडे भएका विद्यार्थीहरूले आज, मिति २०८२ आषाढ १८ गते देखि मिति २०८२ आषाढ २७ गते शुक्रवार राति ११:५९ बजेसम्म महानगरपालिकाको वेबसाइट kathmandu.gov.np वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न आह्वान गर्दछौँ।
64 15542 303405
काठमाडौ महानगर सिपमेला २०८२ ।
रोजगारको लागि सीप ।

उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरु सिप मेलाका कक्षाहरुमा मिहनेत गरेर सिप सिकिरहनुभएको छ । 

काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र  आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको हो । गएको आर्थिक  वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको छ । यसअन्तर्गत १५ हजार व्यक्तिलाई  सिपमूलक तालिम दिइनेछ । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा  आवद्ध गराउने लक्ष्य राखिएको छ । 

सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने  मेलाको लक्ष्य हो । १० वटा विधामा ३७ वटा पेशासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क हुन् । 
 
दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले  आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिनुभएको छ । यसमा ६ हजार ५२२ जना  महिला, ८ हजार २०८ जना पुरुष र १८ जना एलजीबीटीआईक्यूहुनु हुन्छ । 

तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ ।  ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ ।  एउटा कक्षामा २५ जनालाई राखिएको छ । 

हरेक प्रशिक्षार्थीलेले १ सय घण्टाको तालिम प्राप्त गर्नुहुनेछ । मेलाको अन्त्यमा रोजगार मेला  आयोजना गरेर आफूले सिप सिकेको क्षेत्रसँग सम्बन्धित निजी, उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रका  व्यक्तित्वहरुसँग अन्तरक्रियात्मक छलफल गराउने योजना छ । तालिमपछि उहाँहरुलाई अन द वब  ट्रेनिङ्, स्वरोजगारका लागि सहयोग उपलब्ध गराइनेछ । 

निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरुलाई रोजगार मेलाको अवलोकन गर्न र सीभी राइटिङ्, अन्तर्वार्ता दिने सिप विकास जस्ता १ दिनमै सिप सिक्न सकिने तालिममा सहभागी हुन चाहने  व्यक्तित्वहरुका लागि काठमाडौँ महानगरपालिका हार्दिक स्वागत गर्दछ । तालिम अवधिमा यहाँहरु  आउन सक्नुहुनेछ । 

धन्यवाद
127 13150 257160
आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ? पृष्ठपोषण दिनुहोस् । 

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा कस्ता कार्यक्रम कार्यान्वयनमा ल्याओस् भन्ने चाहनुहुन्छ? हामीलाई अनलाइनबाट पृष्ठपोषण प्रदान गर्नुहोस् । हामी तपाईँका आवाजलाई नीति, बजेट र कार्यक्रममा समावेश गरेर कार्यान्वयनमा ल्याउनेछौँ । 

नागरिकका चाहना, साझेदार, सरोकारवालाका अपेक्षालाई नीति, बजेट तथा कार्यक्रममा समेट्ने उद्देश्यले सुझाव तथा पृष्ठपोषण संकलनका लागि अनलाइन प्रणाली सार्वजनिक गरेका छौँ । 

पोर्टलमा महानगरको पहिचान, जीवन्तता, विकास र समृद्धि, आधारभूत आवश्यकताको पूर्ति, सामाजिक विकास, लक्षित वर्गका कार्यक्रम, पहुँचयुक्त सहरी सुविधा सेवा र सुविधा वितरणलगायत शीर्षक र उपशीर्षकहरु राखिएका छन् । यी शीर्षकसँग सम्बन्धित वा शीर्षकले समेट्न नसकेका विषयमा पोर्टलको अन्त्यमा राखिएको ‘अन्य’ खण्डमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ । यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी र सुझाव पृष्ठमा जाने बटन छ । पेजमा राखिएका २३ वटा शीर्षकमा प्राप्त सुझावहरूको विवरण पनि यही पृष्ठमा हेर्न सकिन्छ ।

नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय तथा योजनाको विवरण जेठ १५ गतेभित्र पठाइसक्नुपर्नेछ ।

महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन, प्रशासन सञ्चालन, सुशासन र अन्तरसम्बन्धित क्षेत्रहरू जोडिएका छन् । 

https://esuggestions.kathmandu.gov.np/
58 3038
मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन् । यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ । त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा (Bus Stop) यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउदछौ ।

फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे । चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो । 

प्राचिन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौं गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा  पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो । 

त्यसैले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा बस विसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । विजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब रु. ९ करोड रहेको छ ।

‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ । सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बीचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी 'डिजाइन' गरिएको छ । यो अपाङ्गमैत्री पनि छ । 

यस्ता कार्यले काठमाडौंको मौलिक संस्कृतिलाई थप उजागर गर्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ । 

धन्यवाद
281 31410 426574
सिप मेला २०८२ का लागि  आवेदन आव्हान :

काठमाडौँ महानगरपालिकाले सिप मेलामा तालिम लिनका लागि आवेदन आव्हान गरेको छ । जेठ ७ गतेदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने छ । 

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ । 

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ । 

तालिमका क्षेत्र र विधा

१० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । 

आइसीटी क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम हुनेछन् । स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी २ वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ विधाका तालिम हुनेछन् । 

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ विधामा तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ विधामा तालिम हुनेछ । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । 

कुषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । सेवातर्फ सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) र स्टक मार्केट सम्बन्धी तालिम हुनेछ । 

तालिमका लागि जेठ ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।

तालिमका लागि फाराम: https://kmc.seepmela.com/

थप जानकारीका लागि: टोल फ्री नम्बर: ११८०
51 14941
२५ बर्ष पछि नक्साल हिटीमा पानीको पुनःप्रवाह: सम्पदा संरक्षणको सफल प्रयास 

 २०७९ सालको भदौ महिनामा हामी काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अनुगमनका लागि गएको थियौं। सोही क्रममा नक्साल हिटीको पनि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा स्थानीय बासिन्दाले उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको जानकारी दिनुभयो। साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको भेटियो।

हामीले उक्त समस्याको जानकारी पाएपछि त्यसको समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गर्यौं। विभागले अनुगमन गर्दा हिटीको निकाससँग जोडिएको पुरानो मंगाललाई माटोले पुरिएको अवस्थामा फेला पारेको थियो। करिब ४ फिट खन्दा उक्त मंगाल भेटिएको हो। तर, त्यस मंगालमा पानीको बहाव देखिएन। सोही क्रममा उक्त मंगालसँग जोडिएका तीनवटा घरहरूले पनि हिटीको निकास अवरुद्ध पारेको पत्ता लाग्यो। ती घरधनीहरूसँग वडा नम्बर १ मार्फत समन्वय गरिएको थियो।

छलफलको क्रममा पुरानो मंगालमार्फत पानीको निकास सम्भव नभएको निष्कर्षमा पुगिएपछि नयाँ मंगाल निर्माण गर्नुपर्ने सुझाव प्राप्त भयो। त्यसअनुसार ती तीनवटा घरधनीहरूलाई जनही रु. २–२ लाख जरिवाना गराई सो रकमबाट नयाँ मंगाल निर्माण गरिएको हो।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालय भित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। तर, टुकुचासम्मको मार्गभित्र रुखका जरासहितका अवरोधहरूका कारण पनि हिटीको प्रणाली प्रभावित भएको पाइयो।

करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ। यस अवधिमा विभिन्न हिटीसम्बन्धी जानकारहरूले पनि स्थलगत अनुगमन गर्नुभएको थियो।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौं।
420 29644 449116
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने

हाल श्रम बजारमा सिपयुक्त जनशक्तिको माग र आपूर्तिबीच ठूलो खाडल कायमै छ । काठमाडौं महानगरपालिकाले यो समस्याको समाधानलाई उच्च प्राथमिकता दिँदै मेलाका अतिरिक्त नियमित तालिम पनि प्रदान गर्दै आएको यहाँहरूलाई अवगत नै छ ।

आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आएको महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजार युवालाई सिपमूलक तालिम दिई कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउने लक्ष्य राखिएको छ । सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने, बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने तथा उद्देश्य मेलाको मूल उद्देश्य हो । 

गत बर्षको मेलाबाट तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए । त्यस मेलाबाट विभिन्न विधामा २ हजार ८१ जना युवालाई तालिम दिने लक्ष्य थियो भने २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको थियो । तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेका छन् भने धेरैजसो स्वरोजगारमा संलग्न भएका छन् । रोजगारी तथा स्वरोजगारको अवसरबाट बाहिर रहेका व्यक्तिहरूका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ समेत गराइरहेको जानकारी गराउन चाहन्छौँ ।

विगत सिप मेलाबाट प्राप्त सिकाइ तथा नियमित तालिमको अनुभवका आधारमा यस वर्ष पनि ‘सिप मेला’ कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउँछौँ । महानगरपालिकाले आउँदो जेठ ७ गतेदेखि टुंडिखेलमा सुरु हुने मेलामा २०८२ जनालाई रोजगारीमूलक तालिम तथा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस वर्षको सिप मेलामा गत वर्ष फारम भरेर तालिम लिन नपाएका व्यक्ति, काठमाडौं महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक व्यापार वा ठेलागाडामा व्यापार गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । तालिममा सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन् ।

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरूले तालिममा सहभागी हुन सक्नेछन् । मेला ३० दिनसम्म चल्नेछ, जसमा दैनिक ६० वटा कक्षामा तालिम सञ्चालन गरिनेछ ।

धन्यवाद ।
87 6681 199973
शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति विवरण अनिवार्य पेश गर्न अनुरोध

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था गरिएको छ । सोही कानुनको आधारमा शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३,००० भन्दा बढी विद्यार्थीहरूले र शैक्षिक सत्र २०८१ मा १९,००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए ।

यस वर्ष पनि अघिल्ला शैक्षिक सत्रहरूमा जस्तै विद्यालयहरूको सहजीकरणका लागि हामीले Scholarship Entry System निर्माण गरेका छौँ । विद्यालयहरूले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण यहाँ दिइएको लिङ्कमा क्लिक गरी सम्बन्धित विद्यालयलाई इमेल तथा एसएमएसमार्फत प्रदान गरिएको युजरनेम र पासवर्ड प्रयोग गरी २०८२।०२।०१ गतेभित्र अनिवार्य रूपमा पेस गर्नु हुन सूचित गरिन्छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदा नियमानुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, हिंसा पीडित तथा शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ ।

विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी माथि तोकिएअनुसार छात्रवृत्ति प्रदान गर्नु पर्नेछ । यसका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।

छात्रवृत्ति वितरण गर्दा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट मात्र वितरण गर्नु पर्नेछ । समितिले छनोट गरेको नामावली मात्र मान्य हुनेछ । अन्यथा कानुनबमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।

कानुन निर्माणको महत्त्व त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ, यही कार्यान्वयनले हजारौँ विद्यार्थी भाइबहिनीहरूले छात्रवृत्ति प्राप्त गरेका छन् । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ भन्ने पुन: स्मरण गराउँछौँ ।

धन्यवाद ।
74 9020
घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ

घरमा पाल्ने कुकुर, बिरालो जस्ता जनावार हाम्रो परिवारको हिस्सा पनि हो । बेला बेलामा यस्ता घर पालुवा जनावरहरु हराएको, चोरी भएका गुनासो काठमाडौं महानगरपालिकामा आउने गरेका छन् । सो समस्याको समाधान माइक्रो चिपिङ मार्फत गर्न सकिन्छ । त्यस कारण हामीले माइक्रो चिपिङ कार्यक्रमलाई अभियानको रुपमा अगाडी बढाउदै छौ ।

काठमाडौं महानगरपालिकाले कुकुर\बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ जारी गरेको छ । यस कार्यविधिको दफा ३ (च) मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ । यसअनुसार, महानगरपालिकाले कुकुर/बिरालो दर्ता तथा माइक्रो चिपिङ कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको 'आर्थिक ऐन २०८१' अनुसार, नेपाली जातका सामुदायिक कुकुर वा विरालो घरमा पालेर आफ्नो नाममा दर्ता गराएमा वडाबाट निःशुल्क दर्ता गरिनेछ। तर, विदेशी जातका कुकुर वा विरालोको हकमा भने प्रति जनावर रु. २,००० सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ। 

कार्यविधिको दफा ७ अनुसार, कुकुर\बिरालोमा माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गराउने दायित्व स्वयम कुकुर बिरालो पाल्ने व्यक्तिको  हो। माइक्रोचिप लगाइएका कुकुर\बिरालोको मृत्यु भएमा, स्थानान्तरण गरेमा वा हराएमा मालिकले ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी दिन समेत हामी आग्रह गर्न चाहन्छौ । 

माइक्रोचिपले हराएका कुकुर वा बिरालोलाई मालिकसँग पुनर्मिलन गराउन महत्त्वपूर्ण भूमिका खेल्छ । यो सानो चिपले स्थायी पहिचान प्रदान गर्छ र हराएको पाल्तु जनावरलाई सहजै भेट्टाउनका लागि सहजिकरण गर्दछ ।  माइक्रोचिप लगाउने प्रक्रिया छिटो, सुरक्षित र किफायती छ । त्यसैले हामी ८ हप्ताभन्दा माथिका कुकुरमा माइक्रोचिप अनिवार्य रुपमा लगाउन आग्रह गर्न चाहन्छौ । साथै कुकुर\बिरालो बेच्न वा अरूलाई दिनुअघि माइक्रोचिप अनिवार्य लगाउन अनुरोध गर्दछौ ।

धन्यवाद
128 19567 416739
बिक्रम सम्बत १६६५ को ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, पुरानै सैलीमा पुनःनिर्माण ।

काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, अहिले पुनःनिर्माणको चरणमा रहेको छ। कुल ५ करोड ३५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस मन्दिरको काम  २०८२ साल फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ। यो मन्दिर पुनर्निर्माणको लागि २०८१ साल भाद्र २ गते कार्यादेश दिइएको थियो।

इतिहासमा हेर्दा, सन् १६७५ मा प्रताप मल्लको शासनकालमा शक्तिशाली महामन्त्री देवीदास चिकुथिले यो मन्दिर निर्माण गराएका थिए। नव देग मन्दिरलाई त्यतिबेलाको एक अग्लो, कलात्मक र प्रभावशाली संरचनाका रूपमा लिइन्छ।

पुनःनिर्माणसँगै, यस मन्दिरको पुरानो शिलालेखको अध्ययन गरिँदा ४९ पङ्क्तिहरू रहेको एक लेख भेटिन्छ, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ भने बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा र आरतीसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।

ब्राह्मण पुजारीमार्फत मन्दिरमा नित्य पूजा गरिन्छ भने प्रत्येक महिनाको पहिलो दिन, पूर्णिमामा, र महाशिवरात्रिमा विशेष पूजा गरिने प्रचलन रहेको छ।

हाल पुनःनिर्माण भइरहेको संरचना अनुसार, मन्दिरको तल्लो भागमा ५ तले ईँटको भर्‍याङ निर्माण हुनेछ भने त्यस माथि ३ तले मन्दिर बनाइनेछ। यद्यपि सन् १९७५ सालको अभिलेखमा यो मन्दिर एक तले देखिएको भए पनि, त्यही अभिलेखका आधारमा अहिले तीन तले स्वरूपमा पुनर्निर्माण भइरहेको हो।

२०३९ सालको अर्काे अभिलेख अनुसार पनि यो स्थानमा पहिले भव्य तथा कलात्मक मन्दिर रहेको प्रमाण भेटिएको छ। अझै पनि पाँचवटा ईँटले बनेका भुइँतलाहरू बाँकी छन्, जसले पुरानो निर्माणशैलीलाई झल्काउँछन्।

हालको मन्दिर संरचना केही साधारण देखिन्छ—गर्भगृह वरिपरि टायलले छाएको ढल्किएको चौतारो, काठका साधारण थाम, र माथिल्लो तलामा गुम्बज शैलीको छाना रहेको छ।

गर्भगृहभित्र रहेको शिवलिङ्ग वरिपरि विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू छन्, जसले हिन्दू धर्मका पाँचायन देवताको प्रतिनिधित्व गर्छन्। यस अर्थमा नव देग मन्दिर पूजा मात्र होइन, काठमाडौंको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको जिउँदो प्रतीक पनि हो।

पुरानो गौरव, वास्तुकला र आस्थालाई समेट्दै, नव देग मन्दिर अहिले आधुनिक स्वरूपमा पुनर्जीवित हुँदैछ। यस मन्दिरबाट राजधानीको सांस्कृतिक र धार्मिक इतिहास अझ जीवन्त हुने अपेक्षा गरिएको छ l
122 16469 285522
अब हामी तयार छौं — इखा पुखुलाई लिच्छविहरूकालिन इतिहास र गरिमा फिर्ता गर्न

काठमाडौं महानगरपालिकाका वडा नं. १७, १८ र २५ को बीचमा अवस्थित इखा पुखु एउटा ऐतिहासिक पोखरी हो, जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ।

काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिति, कोहिति, र अन्य ढुंगेधाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन्। विज्ञहरूका अनुसार, पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।

कुनै समय क्षेत्रपाटी नै सहरको उत्तरी सिमाना थियो, र त्यसभन्दा पर बस्ती थिएन। त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए र नजिकै इखानारायण मन्दिर स्थापना गरेका थिए। त्यसबेला यो पोखरी काठमाडौंको जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा थियो।

तर, विभिन्न कालखण्डमा यो पोखरीको अस्तित्व मेटाउने प्रयासहरू भए। लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिकाले इखा पुखुको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको छ। हालसम्म पोखरीमा थुप्रिएको फोहोर, झार, र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ। सुरुमा २ फिट उत्खनन गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनियो। त्यसपछि मात्र पुरानो कालो माटो भेटिएको थियो। महानगरपालिकाले बाउन्ड्री वाल निर्माणको तयारी पनि पूरा गरेको छ।

३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ, जहाँ मानिसहरू हिँड्न, विचार गर्न र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन्। यो केवल संरचनात्मक पुनर्निर्माण मात्र होइन, यसमा आकाशे पानी संकलन प्रणाली पनि बनाइनेछ। पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापना गर्नेछ। यो प्रयास जलचक्र, वातावरण, र सम्पदासँग पुनः सम्बन्ध जोड्ने हाम्रो साझा संकल्प हो।

धन्यवाद
338 28559 475780